समाचार || पर्यटन » समाचार


 

पर्वतारोही ‘हिम चितुवा’ आङरिता शेर्पाको निधन


नेवाः टाइम्स
September 21, 2020, Monday

काठमाडौं । ‘हिम चितुवा' उपनामले प्रख्यात पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षके उमेरमा आज निधन भएको छ । सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नी छोरीको घरमा शेर्पाको निधन भएको हो ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण विनाअक्सिजन १० पटक गरेर विश्व कीर्तिमान राखेका  छन् । यही कीर्तिमानबाट उनी 'हिमचितुवा' उपनामबाट प्रख्यात बनेका हुन् । उनी सुप्रबल गोरखा दक्षिणबाहु (पहिलो) लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित थिए ।

पर्वतारोही शेर्पा लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने जनाइएको छ ।

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्