नेवा: विशेष || समाचार || समाचार »


 

रानीपोखरीले पुनर्जन्म पायो मल्लकालीन शैलीमा


नेवाः टाइम्स
September 20, 2020, Sunday

काठमाडाैं । कला र संस्कृतिका लागि प्रख्यात राजधानी काठमाडौंमा अबको दिन रानीपोखरी थप आकर्षणको थलो बनेको छ । चार सयवर्षअघि राजा प्रताप मल्लद्वारा निर्मित रानी पोखरीको बीचमा शिखर शैलीको ठूलो मन्दिर थियो भने कालान्तरमा मन्दिरको स्वरुप बदलेर गुम्बज शैलीमा बनाइएको थियो । २०७२ सालको भुकम्पले सो गुम्बज शैलीको मन्दिरलाई भत्काएको थियो भने जिर्णोद्धारका क्रममा मन्दिरलाई मल्लकालीन शिखर शैलीकै स्वरुप दिएको छ । 

पुनर्निर्माणको क्रममा यसअघि डण्डी, कंक्रिट तथा सिमेन्टको प्रयोग भएको भनी स्थानिय जनताले व्यापक विरोध तथा अवरोध गरेपछि लामो समयसम्म निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । भुकम्प जानुअघि जस्तो अवस्थामा थियो त्यस्तै बनाउने पुरातत्व विभागको अडानका विरुद्ध विज्ञ समूहले मल्लकालीन शिखर शैली र परम्परागत निर्माण सामग्री नै प्रयोग गर्नु पर्ने तथा सो संभव भएको सुझाव दिएपछि निर्माण कार्य पुनः अगाडि बढोको हो । यस क्रममा आधुनिक प्रविधिका निर्माण सामग्रीहरु हटाई पुनः सुरुदेखि नै काम थाल्नु परेको थियो । 

गुम्वज शैलीको मन्दिर भारतको राजस्थानमा प्रचलित हो । नेपालमा यो शैली राणामा मात्रै भित्रिएको भन्दै काठमाडौंको मौलिक सम्पदा प्रेमीहरुले मल्ल कालिन शैलीमा नै मन्दिरको निर्माण गर्नु पर्नेमा जोड दिएको थियो । मन्दिरको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी  पोखरीमा पानी भर्ने कार्य पनि सम्पन्न भइसकेको छ । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्