साहित्य » व्यक्तित्व


 

पारिजात र पारिजातका प्रेमी


अमिका राजथला
November 5, 2013, Tuesday

लामाले दिएकोछेकुडोल्मा, पुरेतले जुराइदिएकोविष्णुकुमारी आफैले राखेको नामपारिजात पारिजात नाम विश्वभर फैलियो यायाबर बनेर जंगल घुम्दै पोल्टाभरि फूल टिप्ने रहर पालेकी पारिजातलेआफ्नो लागि फुल्ने आफ्नै लागि झर्ने तथा बोटबाट टिप्न नहुने पारिजात फूलको विशेषताबाट प्रभावित भएरै आफ्नो नाम चुनिन् भने विश्व सामु चिनाउने उनको उपन्यासशिरिषको फूलको विशेषता पनि करीव करीव उस्तै , फूलको रस चुस्न खोज्ने भवराको समेत अन्त गरिदिने, अर्थात मात्र आफ्नै लागि फुल्ने

सानैदेखि साहित्यको रसमा चुर्लुम्म डुबेकी पारिजातको पहिलो प्रकाशित उपन्यासशिरीषको फू (२०२२) ले २०२३ सालमा नेपाली साहित्यिक क्षेत्रमा प्रतिष्ठितमदन पुरस्कार पायो

पारिजातले पाएको मदन पुरस्कारको अवशेष सुरक्षित छैन बहिनी सुकन्याका अनुसार पुरस्कारसँगै दिइएको चाँदीको दीयो निकै समय अगाडि हरायो भने सँगै आएको प्लेट पनि दुई वर्षभित्रै मात्र चाँदीको दाममा बेचिइसकिएको रोगको अगाडि पारिजातले झुक्न वाध्य हुनभयो अर्थात करीव १३ वर्षको उमेरदेखि शुरु भएकोर्यूमाट्वाइड आथाराइटिस नामक हाड जोर्नी सम्बन्धी रोगको लागि औषधि किन्न बेच्नु र्याे  पहिले सुन्निएर रातो हुने सुन्निएको बसे पछि हाडै बाँगिने लक्षण भएको यो रोगले पारिजातलाई शुरुमा दाहिने हातको नाडीमा समातेको थियो भने पछि विस्तारै शरीरका अन्य भागमा समेत फैलिएको थियो

छोरीलाई डाक्टर बनाउने आफ्नो बाबुको सपनाको अगाडि जिन्दगीभरको रोगी भएर रहन बाध्य पारिजातको दाहिने हातका तीन औंलाले कामै गर्दैनथे भने बाँकी चोर औंला बूढी औंलाका सहायताले लेख्नुहुन्थ्यो पारिजातले कष्टसाथ लेखेको कृति तथा लेख वापत प्रकाशकबाट पारिश्रमिक पाउँ पनि कतिपय अवस्थामा हम्मेहम्मे पर्दथ्यो महंगो औषधि दैनिक रूपमा प्रयोग गर्नु पर्ने कारणले अभाव यति थियो कि, कुनै समय बहिनी सुकन्याले एक महिनाको लागि भनेर औषधि किन्न पैसा लिएर जाँदा तीन दिनको लागि पुग्ने औषधि आउँथ्यो

पारिजातको कमाउने छोरो बनेकोशिरीषको फू को अंग्रेजी अनुवाद Blue Mimosa विदेशी साहित्य परिचय अध्ययन विभागअन्तर्गत संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समाविष्ट तीस दिनमा लेखिसिध्याइएको त्यो उपन्यासकी प्रमुख पात्र सकम्बरीमा देखिने स्वाभिमान तथा अधिकांश पात्रमा देखिने शून्यवाद निस्सारतावादको प्रभाव पारिजातमा अधिकांश समय रह्यो पछिल्ला समय राजनीतिक अध्ययन राजनीतिप्रतिको प्रभावका कारण उनमा जीवनप्रति निकै आशा पलाएको पाइन्छ पछिल्ला समयमा जीवन नै राजनीति हो भन्ने मान्यता लिएर हिंड्नु भएकी पारिजातले आफ्नोमृत्यु कवितामामृत्यु पनि संगठन भएर अंगालोहरूबीच बाँधिएको पाउँनुभयो   यस्तै पछिल्ला समयलाई सामाजिक सेवाका लागि पनि उहाँले दिनुभयो

दार्जिलिङमा जन्मिएर २०११ सालमा नेपाल पस्नु भएकी पारिजातले यहींको नागरिकता लिन चाहनुभएको थियो तर विभिन्न अड्को थापेर दिइएन नेपालको प्रशासनबाट वाक्क भएकी पारिजातले त्यसपछि नागरिकता प्रमाण पत्रको चाहना चेष्टा गर्नुभएन कथन हुन्थ्यो नेपालमै बस्छु, नेपालमै मर्छु कसले भन्दो रहेछ नेपाली होइन भनेर सरकारी जागिर खाने होइन किन चाहियो नागरिकताको प्रमाणपत्र ? तर २०५० सालमा उहाँलाई सरकारले विदेश लगेर उपचार गराउने चासो देखायो विना नागरिकता राहदानी तयार भएको थियो एउटा विडम्बना, जिन्दगीभर कलम चलाउने पारिजातले कलम चलाएर हस्ताक्षर गर्न नसकेको कारण राहदानीमा ल्याप्चे लगाउनुभयो

बुवाको चुरोट खाने लतको प्रभावबाट पारिजातले शुरुमा चियापत्तीको धूलोलाई कागजमा बेरेर चुरोट खान सिक्नुभयो पछि चुरोटको अम्मली नै छोरीको अम्मली छुटाउन बुवाले चुरोट छोड्नुभयो तर पारिजातले छोड्न सक्नुभएन रोगको पीडा भुलाउन उहाँले कुनै समय रक्सीको सहारा पनि लिनुभयो

आजीवन अविवाहित पारिजातका कृतिहरू अति गंभीर, स्वयं भने चंचले जवानीमा छँदा एक युवकले मनपराएका थिए, शायद पारिजातले पनि तर युवक सामुन्ने पर्ने वित्तिकै रिसाउँनुहुन्थ्यो उहाँ  नेपाल आएपछि पारिजातको विवाहको कुरा चल्दा उहाँले पहिला ती युवकलाई सम्झेर चिठ्ठी पठाउनुभयो प्रत्युत्तरमा ती युवकको विवाह भइसकेको थाहा पाएपछि विवाह गर्ने विचार सधैंको लागि त्याग्नुभयो पारिजातको देहान्तपछि ती व्यक्तिले नेपालमा आएर पारिजातको सालिक हेरेर गए उनै प्रेमीलाई सम्झेर पारिजातले आफ्ना एक मित्रलाई चिठ्ठीमा लेख्नुभएको Tragedy of life is not what we suffer but is that what we miss. त्यसैले मेरो first love मात्रै Tragedy हो बाँकी सवै दुःख हुन, only sufferings मेरो जीवन अति गाह्रो जटील भइदियो यस्तो जीवन बाँच्न मैले खोजेकी होइन एउटा जटिलतालाई संगाल्न खोज्दा अर्को जटिलता थपियो । … … मैले मात्र साधारण भन्दा बेग्लै जीवन बाँचु भन्ने सोचेकी थिएँ 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्