समाचार || विविधा » लेख/फीचर/समीक्षा


 

गफाडीको बक बन्द भएपछि


अमिका राजथला
November 5, 2013, Tuesday

कुनै जमानाको गफाडी पछि बक नै नफुट्ने बनेको कुरा तपाईले सुन्नु भएको  छ ? यदि यस्तो भएको छ भनियो भने तपाई विश्वास गर्नुहुन्छ ? तपाईं भन्नुहुनेछ, हुनै सक्दैन । हामीले कतिपय बहिरोलाई उपचारपछि सामान्य तुल्याइएको सुनेका छौं तर रह“दा खा“दाको सग्लो मानिस कुनै दुर्घटना विना बक नफुट्ने भएको कुरा अलि विश्वास गर्न गाह्रो तर यथार्थ हो । 

यिनी हुन्– लम्जुङ बेसीसहरका ठुल्दाई । सबैले यिनलाई ठूल्दाई भन्छन्, उनको वास्तविक नाम उनी अहिले बताउन नसक्ने भएका छन् । उनको बोली उनको गर्भमा हराएपछि लेखपढ गर्न नजान्ने यी ठूल्दाईको नाम पनि गुम भएको छ । हातको इसाराले व्यक्त गर्न नसकिने प्रश्नको उत्तर सोधियो भने उनी चाउरी परेको गाला अझै चाउरी पारेर मुसुक्क हा“स्छन् मात्र । 

५० वर्षीय यी ठूल्दाई सानैमा बेसीसहर झरेका थिए । आफ्नो उमेर बताउन उनले आफ्नो हातखुट्टाका औंला भा“चेर देखाए । घर कहा“ हो भन्ने प्रश्नको जवाफमा उनले बेसीसहरको चौतारीमा बसेर टाढाको घेर्मु गाउ“भन्दा परको गाउ“लाई देखाए । आफ्नो घरमा कोही नभएको कारण उनी सानैमा बेसीसहर झरेका थिए । बेसीसहर आएर उनले स्थानीय प्रकाश होटलमा काम गर्थे । होटल बन्द भएपछि अहिले उनी ढुंगा बोक्ने तथा ज्यामी काममा लागिपरेका छन् । 

सामाजिक कार्यकर्ता कल्पना काफ्लेका अनुसार उनी ०५४।०५५ सालसम्म बोल्थे । ठूल्दाई होटलमा खान आउने अरु ग्राहकहरूस“ग उनी पनि गफिन्थे । गफ गर्ने क्रममा आफूले जति काम गरे पनि नगरेको भनी साहुले स“धै गाली गर्ने गरेको भनेर गुनासो मात्रै गदैनथे, घरमा कोही नभएको कारण जान मन नलागेको बताउ“थे । स्पष्ट भन्नुपर्दा कामभन्दा बढी गफ नै हुन्थ्यो । कल्पना भन्छिन्– ‘हुन पनि एक कप चिया खान घण्टौ लगाउ“थ्यो, ग्राहकस“ग कुरा गरेर धेरै समय बिताउ“थ्यो । निकै गफाडी भयो भन्ने गाली खा“दाखा“दा वाक्क भएर उसो भए बोल्दै बोल्दिन भनेर नबोलेको त बोली नै बन्द भएछ ।’

यी कुरा भन्दा ठूल्दाईले सुनेर हा“सिरहे । कान राम्रै सुन्ने ठूल्दाईले कल्पनाले गरेका कुरा हो भनेर सकारे पनि । कल्पनाले पहिला गफ गर्ने गरेकोले अहिले पनि बोल्ने प्रयास गर भन्दा ठूल्दाईले इसारा गर्दै आफ्नो बोली बन्द भएकोले बोल्न नसकिने बताए । 

काठमाडौंस्थित शिक्षण अस्पतालका वाक तथा श्रवण विशेषज्ञ कविराज खनाल जानी जानी नबोल्ने क्रममा धेरै समयसम्म नबोल्दा घा“टीको मांशपेशी कमजोर भएर आवाज दविएर जान सक्ने बताउ“छन् । खनालका अनुसार मानसिक यातना, दुर्घटनाका कारण हुने कुनै शारीरिक खरावीका कारण हुने मानसिक तनाव, ‘ब्रेन ल्यान्ग्वेज एरिया’मा हुने चोट वा रक्त संचार नहु“दाका क्रममा पनि मानिसको बोली हराउ“न सक्छ । 

खनालकहा“ उपचारका लागि आएकी एक महिलाले सपनामा नराम्रो र डरलाग्दो देखेको तथा डरलाग्दो व्यक्तिले काट्छु भनेर आएकोले बोल्नै छाडिन् । ‘फङ्शनल डायस्फोनिया’ भनिने यस रोगबाट सताइएकी ती महिलाको आवाज निकाल्न खनालले तीन हप्ता विभिन्न उपचारात्मक प्रयास गर्नुप¥यो । उनको बोली त आयो तर ती महिलाको आवाज अहिले ४।५ वर्षकी बालिकाले बोल्ने खालको आवाज छ । एउटा यस्तै केश’ केही वर्षअघि आएको थियो र सफल उपचार भयो पनि । खनालका अनुसार उपचार संभव छ ।  

तर हातमुख जोर्न  पनि धौ धौ पर्ने  जीवन जिइरहेका ठूल्दाइको उपचार प्रायः मुस्किल नै देखिन्छ ।  

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्