नेवा: विशेष || संस्कृति » फोटो फीचर


 

दिपंखा यात्रा


October 18, 2013, Friday

संयोग भन्ने कुरा दुर्लभ हुन्छ । सौर्यमास  संक्रान्ति, चन्द्रमास पूर्णिमा, रेवती नक्षत्र, हर्षन योग र चन्द्र ग्रहण यी पाँच कुराको संयोग झन् दुर्लभ हो । यस दिन अन्त के के हुन्छ वा कस्तो कार्यक्रम गरिन्छ, त्यो बेग्लै कुरा हो तर नेपालमण्डलको बौद्ध धर्ममा भने यसले विशेष अर्थ राख्छ र यस अवसरमा ‘दिपंखा यात्रा’ नामको एउटा धार्मिक यात्रा सम्पन्न गरिन्छ । 

दिपंकर बुद्ध समक्ष सुमेध नामका ऋषिले भविष्यमा म बुद्ध हुन्छु भनी बोधिसत्वका लागि प्रणिधान गरेका थिए । र, दिपंकर बुद्धले पनि यी ऋषि बुद्धत्व प्राप्त गर्छन् भनी भविष्यव्याकरण गरेका थिए । यसरी प्रणिधान गर्नेहरुले बोधिसत्व भई प्रत्येक जन्ममा पारमिता पूरा गर्नु पर्दछ । यसरी बोधिसत्व भई जन्मने क्रममा एक पल्ट नील वृष भएर जन्मेका थिए । 'दिपंखायात्रा’ यिनै नील वृष बोधिसत्व सँगसँग सम्बन्धित छन् । नील वृषले एक पल्ट विभिन्न बाटो भई यात्रा गरेका थिए र त्यही बाटो पछ्याएर दिपंखा यात्राको थालनी गरेको बताइन्छ । 

यात्राको आयोजना पाटनस्थित नागबहालबाट गरिन्छ । यस बहालमा नील वृषको एउटा मूर्ति पनि राखिएको छ । यात्रामा जान इच्छुकहरु अघिल्लो दिनबाट नै किसली (अक्षता, सुपारी र पैसा राखिएको पाला) एउटा उक्त मूर्तिमा चढाउन ल्याउँछन् र भोलिपल्ट विहानैदेखि यात्राया शुभारम्भ गरिन्छ । यो यात्रा यसपाली अक्टोवर १८ का दिन परेको छ । यस दिन विहान ३ बजेदेखि सुरु गरिएको दिपंखा यात्रा उपत्यकाका विभिन्न ठाउँहरु घुम्दै बौद्धमा बास बस्न जाने व्यवस्था मिलाइएको छ र विहानैदेखि पुनः यात्रा थालनी गरेर पाटनकै लगनस्तुपमा समाप्त गरिन्छ ।

(फोटो/शब्द : बसन्त महर्जन) 

 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्