नेवा: विशेष || समाचार || समाज » फोटो फीचर


 

परम्परागत नेवार बस्ती


October 5, 2013, Saturday

कुनै बेलाको गुलजार बस्ती, शहर वा व्यापारिक केन्द्र समयको क्रममा उजाड र उराठ लाग्दो बन्न सक्छ । त्यस्तै कुनै समयको सानो गाउँले अचानक वा शनैःशनैः ठूलो शहरको रुपमा लिनसक्छ । यस परिवर्तन वा विकासमा धेरै कुराले प्रभाव पारेको हुन सक्छ ।

इतिहासको उषाकालदेखि नै काठमाडौं उपत्यका समृद्ध शहरको रुपमा विकास भएको थियो भने वरिपरि क्षेत्रका लागि यो केन्द्र नै थियो । समयको प्रवाहलाई आत्मसाथ गर्दै अगाडि बढ्ने क्रममा काठमाडौं वर्तमानमा पनि नेपालको केन्द्रकै रुपमा छ । तर काठमाडौं वरिपरिका कतिपय वस्ती, शहर तथा व्यापारिक केन्द्रहरु हाल इतिहासको अवशेषका रुपमा रहेका पनि छन् । कहीं नयाँ बाटो बन्ने क्रममा पुरानो वस्ती सुकेको पाइन्छ भने कहीं सदरमुकामको परिवर्तन सँगै ती वस्तीहरु सुकेका हुन्छन् । तत्कालिक सहर वा वस्तीको स्वरुप कस्तो थियो भन्ने कुरा कौतुहलको विषय हुन सक्छ र ती स्वरुप अझै पनि देख्न पाइन्छ ।

तत्कालिक वस्ती, सहर तथा व्यापारिक केन्द्रहरुमा नेवार समुदायकै वर्चश्व थियो भन्ने दरिलो प्रमाण हो, अवशेषको रुपमा रहेका वास्तु कला तथा साँस्कृतिक अवयवहरु नेवार सभ्यतासँग सम्वन्धित पाइनु । त्यहाँ अझै पनि इतिहास कुरेर बसिरहे झै अझै पनि नेवार समाज नै विद्यमान छन् । त्यहाँ केही सय वर्षअघिसम्मको नेवार वातावरण हेर्न अझै पनि पाइन्छन् र खुल्ला संग्रहालयका रुपमा देख्न पाइन्छन् । 

फोटो/शब्द : बसन्त महर्जन

 

चौतारा

चौतारा

धमाथू

धमाथू

जीतपुर फेदी

जीतपुर फेदी

रामकोट

रामकोट

हटिया बजार, पाल्पा

हटिया बजार, पाल्पा

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्