समाचार || पर्यटन » फोटो फीचर


 

मुक्तिनाथ मन्दिर


October 5, 2013, Saturday

नेपालका  प्रसिद्ध मन्दिरहरुमा एक मुक्तिनाथ मन्दिर पनि हो । मुस्ताङ जिल्लाको मुक्तिनाथ गाउँपालिकामा रहेको यो मन्दिर हिन्दूहरु भगवान विष्णुसँग सम्वन्धित मानी दर्शन गर्न आउँछन् भने बौद्धहरु यसलाई बौद्ध धार्मिक स्थल मान्दछन् ।दुबै धर्मावलम्बी एक साथ अाअाफ्रनाे विश्वासअनुसार यहाँ पूजाअर्चना गदर्छन् । 

मुक्तिनाथ मन्दिर भित्र रेखदेख गर्ने जिम्मा गुम्बाका झुमाहरुमा छन् भने मन्दिर बाहिर हिन्दू ब्राम्हणहरु बस्दछन् । हिन्दू धर्मको प्रभावमा नजिकैको एउटा गुम्बामा नर्सिङ गुम्बा नामाकरण गरिएको छ जब कि त्यसमा गुरु पद्मसंभवको ठूलो मूर्ति राखिएको छ । गुरु पद्मसंभवको मूर्तिको सामुन्ने नै कुनै अर्को बौद्ध देवताको मूर्तिलाई देखेर नर्सिङ नाम दिइएको बुझिन्छ जुन गलत बुझाइ हो । नारसाङ  गाउँकाे गुम्यबा भएर यसलाइ नारसाङ गुम्वा भनिएकाे हुनुसकछ तर त्यसैलाइ नरसिंह गुम्बा भनी बेग्लै फ्लेवर ल्याइदिनु उचित कुरा हाेइन । त्यसरी नै एउटा अर्काे गुम्बाभित्र प्राकृतिक ग्याँस भएर अागाे बिलराख्नुलाइ अलाैकिक ठानी ज्वालामाइ मन्दिर भनेर नामाकरण गदिदिनु पनि त्यस्तै अमिल्दाे कुरा हाे किनभने त्यहाँ भित्त्र गुम्बा रहेकाे छ । यस धार्मिक क्षेत्रको स्थानिय नाम 'छुर्मी ग्यार्छ' भएको बताइन्छ र हाल स्थानिय जनता यो नाम प्रयोग गर्न रुचाउँछन् । 

फोटो/शब्द: बसन्त महर्जन

भारतीय तीर्थयात्री

भारतीय तीर्थयात्री

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्