विविधा » फोटो फीचर


 

मुस्ताङका महिलाहरू


September 27, 2013, Friday

फ्रान्सेली लेखक मिसेल पिसेलले नेपालकाे माथिल्लाे मुस्ताङसम्बन्धी पुस्तक द फविर्डेन किङदम अफ तिब्बत लेख्दा सम्म याे क्षेत्रबारे सीमित जगतलाइ मात्र थाहा थियाे । त्यसयता हजाराैं शीर्षकमा पुस्तक तथा लेखहरू प्रकाशित भइसकेका छन् र मुस्ताङलाइ नियाल्न लाखाैं मान्छेले पाइला टेकिसकेका छन् । यहाँकाे प्राकृतिक वातावरण मात्रै हाेइन, सामाजिक, सांस्कृतिक, एेतिहासिक तथा भूअाकृतिले पनि उल्लेखनीय कुरा हाे ।

पहिलाे पटक तल्लाे मुस्ताङमात्रै पुगेर फर्केकाे  थिएँ । दाेस्राे पटकमा भने माथिल्लाे मुस्ताङ नै पुगें । मुस्ताङकाे बारेमा पहिला थाहा पाएकाे माथिल्लाे मुस्ताङकै बारेमा हाे तर पुग्न नसकेका कारण थकथक लागि नै रहेकाे थियाे । तल्लाे मुस्ताङकाे बसाइमा नै देखिसकेकाे थिएँ, महिलाहरू पुरूषभन्दा बढी सक्रीय हुन्छन् भनेर । माथिल्लाे मुस्ताङ अर्थात् प्राचीन लाे राज्यकाे राजधानी लाेमन्थाङमा बेग्लै संसार देखियाे । सामाजिक जनजीवनलाइ नजिकबाट नियालेर हेरें । इतिहासका पात्रहरू माै चिनेकाे थिएँ, दरवारका महिलाहरू पनि कति सक्रीय हुँदारहेछन् भनेर, त्यहीँ पुगेर हेर्दा मात्रै थाहा पाएँ, घरघरका महिला पनि त्यसरी नै सक्रीय रहेछन् । म बसेकाे घरमा मात्रै हाेइन, अन्य घरका महिलाहरू पनि उस्तै उस्तै । 

शब्द/फाेटाेः बसन्त महर्जन

 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्