नेवा: विशेष || पर्यटन » फोटो फीचर


 

काठमाडौं उपत्यका


November 10, 2013, Sunday

काठमाडौं उपत्यका कुनै बेला तलाउको रुपमा थियो भन्ने कुरा साहित्त्यिक स्रोहरुमा उल्लेख छ । यो कुराको अन्वेषण गर्दा सही सावित पनि भयो । हजारौं वर्ष अघिको तलाउ अहिले एउटा सुन्दर र समृद्धिशाली उपत्यकाको रुपमा विकास भएको छ । नेपालको राजधानी यही उपत्यकामा पर्दछ ।

त्यसो त करीव दुई हजार वर्ष अघिदेखि नै यहाँ वस्ती विकास भइसकेको ऐतिहासिक स्रोत सामग्री उपलब्ध छन् । त्यही बेलादेखिको सामाजिक तथा सास्कृतिक जनजीवन वर्तमानमा पनि जीवन्त रहेको पाइनु कम्ती चाललाग्दो कुरा होइन । इतिहासको त्यो प्रवाहलाई यस उपत्यकाका आदिवासी नेवार समुदायले थाम्दै आइरहेको छ । हजारौं वर्षअघिको सभ्यतालार्इ जोगाउँदै अत्याधुनिक सभ्यतालाई पनि आत्मसात गर्दे प्रतिस्पर्धात्मक विश्वमा छुट्टै पहिचान बनाइराख्न सक्नु अर्को चाललाग्लाग्दो कुरा भएको छ । 

यस उपत्यकाको चारैतिर हरिया पहाडहरु रमाइला छन् । विभिन्न दिशाका पहाडहरु कुनै न कुनै मिथकसँग समवन्धित छन् र निश्चित दिनहरुमा त्यहाँ नेवारहरु मेला भर्न जाने गर्दछन् । अन्य समुदायका लागि पनि यी स्थानहरु पर्यटकीय स्थल भएको छ । 

फोटो/शब्द : बसन्त महर्जन

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्