संस्कृति » फोटो फीचर


 

तीजमा पुरुष


September 4, 2013, Wednesday

नेपाली सामाजिक एवं सांस्कृतिक जीवनमा तीज पर्वकाे विशेष स्थान रहेकाे पाइन्छ । मुख्यतः पहाडी क्षेत्रमा रहेका हिन्दू महिला माझ याे पर्व लोकप्रिय छ । लोकप्रियताको विकास क्रममा अहिले यो पहाडी क्षेत्रमा मात्रै सीमित नभई अन्यत्र भूभागमा पनि फैलिन थालेको र राष्ट्रिय पर्व नै पनि भन्न थालिएको छ ।

मुख्यतः महिलासँग यो पर्व सम्वन्धित हाे । तर अाजभाेलि पुरुष वर्गले पनि यसलाइ अात्मसात् गर्न खाेजेकाे पाइन्छ । महिलाहरू अाफ्नाे श्रीमानकाे सुस्वास्थ्य तथा अायुवृद्धिकाे कामना गर्दै तथा भावी भविष्यमा असल श्रीमानकाे कामना गरेर व्रत बस्नु नै तीजकाे मुख्य उद्देश्य हाे । तर पुरूषहरू त्यस्ताे कामना गर्दै व्रत बस्ने गरेकाे पाइँदैन । व्रत बस्ने श्रीमतिलाइ सहायता गर्नु तथा कामना पूरा गर्नुमा नै सीमित रहेकाे पाइन्छ । यसरी नै तीजका अवसरमा बाहिर निस्केका महिला तथा व्रत बसेर महिलाहरू नाचगान गरेकाे रमिता हेर्नेमा सरिक भएकाे पाइन्छ । अझ कतिपय अवस्थामा ती महिलासँगै सार्वजनिक रूपमा नाचगान गरेकाे पनि देख्न पाइन्छन् । 

तस्वीर/आलेख : बसन्त महर्जन

 

 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्