समाज » लेख/फीचर/समीक्षा


 

बालबिवाह अन्त्य गर्ने विश्वव्यापी अभियान


September 3, 2013, Tuesday

गल्र्स नट ब्राइड

भारतका एक महिला अधिकारकर्मी तथा एल्डर्सका सदस्य इला भट्टले भनेकी छन्, ‘यो समाजको मन्जुरीमा हुने हिंसा हो ।’ उनी बालबिवाहको बारेमा भन्दै थिइन्, ‘सुरक्षित हुनको लागि १४ लाखभन्दा बढी बालिकाहरुले बालअधिकारको प्रत्याभूति हुन नपाई परम्परागत अभ्यासमा संलग्न हुन्छन् ।’

बालिका वधु विश्वकै सबैभन्दा एक्ली र आवाजविहीन व्यक्ति हुन् । उनीहरुमा कहिले र कोसँग विवाह गर्ने भन्ने निर्णय गर्ने क्षमता कम हुन्छ । उनीहरुलाई आफ्नो भन्दा बढी उमेरका श्रीमान्सँग सुरक्षित यौनका बारेमा खुलेर कुराकानी गर्न गाह्रो हुन्छ । अविवाहित बालिकाहरुको तुलनामा ती कम उमेरका दुलहीहरु घरेलु हिंसाको मारमा पर्न सक्ने सम्भावना बढी हुन्छ भने कैयौंको पहिलो यौन अनुभव जर्वजस्ती भएको हुन्छ । विवाहपछि बालिकाको उमेर जति कम हुन्छ उति ऊ शोषित सम्बन्धबाट बढी पीडित हुन पुग्छिन्  । 

विवाह भएका बालिकालाई विद्यालयवाट निष्काशन गरी श्रीमान्को घरभित्र घरेलु कामकाज गर्न बाध्य पारिएको घटना समयसमयमा सुन्नमा आएको पाइन्छ । बालिका दुलहीहरु बेचबिखन लगायतका हिंसाको अधर्मी रुपमा थप पीडामा पर्न सक्छन् । 

ट्युनिसियाकी लेलालाई १४ वर्षको उमेरमा अभिभावकले विवाह गरिदिए । लेला आफ्नो देवरबाट कुटपिट र यौन हिंसा सहेर बस्थिन् र विवाहवाट उम्किन नसकिएका कारण उनी निराश भएकी थिइन् । अन्य विकल्पको रुपमा उनले छिमेकीको सुझावलाई पछ्याउन थालिन् । तीनले लेलालाई त्यहाँवाट भगाउन र नयाँ जीवन खोज्न मद्दत गर्ने बताए । नयाँ जीवनको आशाले उनी छिमेकीको सल्लाहमा अर्को सहर र देशमा पुगिन् तर नयाँ जीवन पाउने सपनामा हराएकी लेलालाई थाहा थिएन कि उनी यौनका लागि बेचिन पुगिन् भनेर । तर भाग्यले उनी ‘गल्र्स नट व्राइड’को सदस्य ‘इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडेरेसन’ले उनलाई बेचविखन हुनबाट जोगायो ।

संस्थाको मद्दत र सुझावले लेलालाई नयाँ जीवन दिलाउन मद्दत पुग्यो । 

बालिका दुलही होइनन्का सदस्यहरुले एक रिपोर्टका अनुसार मलेसियामा रहेका शरणार्थीहरुको लागि म्यान्मारवाट बालिका दुलहीहरु मगाउने गरिएको बताइन्छ । त्यहाँका केही शरणार्थी आमाहरुले आफ्नो छोरीका लागि सुरक्षित घर पाउने आशाले धेरै जसो सिरियाका उमेर पुगेका केटासँग विवाह गराउने गरेको एक रिपोर्टले बताउँछ । यो असाधारण होइन, केटीहरु बढी शारीरिक र यौन शोषणमा पर्ने खतरा भएका क्षेत्रमा केही परिवारले आफ्नो छोरीलाई बिवाह गराउनाले छोरीलाई सुरक्षाको प्रत्याभूति दिने विश्वास गर्छन् । 

यस किसिमको चिन्ता सत्य हो । तर हामी सानो उमेरमा हुने विवाहले सुरक्षित विकल्प प्रदान नगरिएको देख्छौं । सानो उमेरमा हुने विवाहले केटीले उन्नति गर्न सक्षम हुन्नन् ।

 बच्चामा विवाह गरेका केटीहरु स्कुलवाट निष्काशन हुन बाध्य गराइन्छ । जसले गर्दा उसको परिवारलाई गरिवीवाट मुक्त हुन, शैक्षिक अवसर प्राप्त गर्नवाट वञ्चित गराइन्छ । त्यसपछि बालिका दुलहीहरुको बच्चा जन्माउने क्रममा मृत्यु हुने संभावना पनि त्यत्तिकै हुन्छ । 

१५ वर्षभन्दा कम उमेरमा बच्चा जन्माउनाले बालिका दुलहीको मृत्यु हुने ५ गुणा सम्भावना हुन्छ र उनीहरुको मृत्यु २० वर्ष नपुग्दै हुन्छ । यस प्रकारका बिवाहले ती बालिका मात्र नभई ऊबाट जन्मिने बच्चालाई समेत प्रभावित तुल्याउँछ । जस्तै, अन्य महिलाको तुलनामा १८ वर्षभन्दा कम उमेरका आमाबाट जन्मेका ६० प्रतिशत शिशुहरु जन्मिएको एक वर्षभित्रमंै मृत्यु हुने सम्भावना बढी हुन्छ । 

बालविवाह दक्षिण यशियाको मात्र समस्या होइन । यो अफ्रिकी, तथा अरब मुलुककोे पनि  समस्या हो । देश, संस्कृति र धार्मिक समुह अनुसार हुने यो विश्वव्यापि मुद्दा हो । 

बालबिवाह हुने विश्वका मुलुकहरुमध्ये नेपाल २० औं मुलुक हो । युनिसेफले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा ४१ प्रतिशत केटीहरूको १८ वर्षभन्दा कम उमेरमा विवाह भइरहेको छ । बाल विवाह अन्त्यका लागि ऐक्यवद्ध भएका तीन सयभन्दा बढी गैरसरकारी संस्थाहरुको विश्वव्यापी अभियान ‘गल्र्स नट ब्राइड’ हो । यस्ता अभ्यासलाई अन्त्य गर्ने कुनै एकल उपाय नभएको हामीलाई थाहा छ । त्यसैले यो समस्यालाई अन्त्य गर्न विश्वका विभिन्न विशेषज्ञहरुको संलग्नतामा हामी यस साझेदारीमा मिल्न आएका हौं । 

सामुदायिक नेतृत्वकर्ता, समुदायमा बालबिवाहविरुद्ध वकालतका लागि युवाहरुलाई सशक्त बनाउन र बालविवाह रोक्नका लागि विद्यमान राष्ट्रिय कानुनको कार्यान्वयनका लागि दवाव दिन पनि यो विश्वव्यापी अभियानको थालनी भएको हो ।

गल्र्स नट व्राइड र हाम्रो सदस्यहरुले यस उपेक्षित समस्याप्रति ध्यानाकर्षण गराउन खोजेका छन् । हामी विश्वलाई बालविवाह र बेचबिखन मुक्त क्षेत्र बनाउन प्रतिवद्ध छौं, जहाँ केटीहरु हिंसाबाट पीडित हुनबाट मुक्त भई आफ्नो कार्यक्षमता पूरा गर्न सकून्् । यदि तपाई त्यो उद्देश्य वाँड्न चाहनुहुन्छ भने हाम्रो अभियानमा संलग्न हुन अनुरोध गर्दछौं ।

गल्र्स नट व्राइड  (बालिका दुलही होइनन्)का सम्बन्धमा वढी जानकारी प्राप्त गर्नका लागि www.GirlsNotBrides.org

साभार: हसना म्यागेजिन

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्