समाचार || कला » समाचार


 

पहिलो कार्टुनिष्ट गोवर्धन विक्रम शाह सम्मानित


नेवाः टाइम्स
August 10, 2013, Saturday

काठमाडौं , अगष्ट  १०, २०१३ । नेपालका कार्टुनिष्टहरुको साझा संस्था कार्टुनिष्ट क्लब अफ नेपालले पहिलोपल्ट नेपाली छापामाध्यममा कार्टुन छपाउने अग्रज श्रष्टा गोवर्धन विक्रम शाहलाई ‘बराथा स्मृति सम्मान २०७०’ बाट सम्मान गरेको छ ।

कलाकार तथा कार्टुनिष्ट स्व. बलराम थापा (बराथा) को नाममा स्थापित ‘बराथा स्मृति सम्मान’ बाट हरेक वर्ष एकजना काटुर्निष्टलाई सम्मान गर्ने क्लबको निर्णय बमोजिम शाहलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

२०१४ साल साउन महिनाको पहिलो हप्ता ‘संयुक्त प्रयास’ पत्रिकामा शाहको कार्टुन प्रकाशित भएपछि मात्र नेपाली छापामाध्यममा अरु कलाकारको समेत कार्टुन प्रकाशनमा आउन थालेको इतिहास छ । बेलाबखत अरु कलाकारको पनि कार्टुृन सो समयभन्दा अगाडिनै छापिएको थियो बन्ने हल्ला चलेको भएतापनि आधिकारिक रुपमा दस्तावेज नभेटिएको आयोजक संस्थाको दावी छ । कार्टुन विधामा त्यत्ति धेरै काम नगरेपनि नेपाली छापा माध्यममा कार्टुन छापेर श्री गणेश गर्ने अग्रज श्रष्टा शाहलाई पहिलो कार्टुनिष्टका रुपमा सम्मान गर्न पाउँदा हामी हर्षित भएको कार्टुनिष्ट क्लब अफ नेपालद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । 

सम्मानका लागि कार्टुनिष्ट राजेश केसीको संयोजकत्वमा केशवराज खनाल र उमेशचन्द्र अधिकारी रहेको तीन सदस्यीय छनौट समिति गठन भएको र समितिको सिफरिसमा क्लबले शाहलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो । 

१९९० साल भदौमा काठमाडौंमा जन्मिएका गोवर्धन विक्रम शाहले राजनीतिशास्त्रमा एम. ए. गरेका छन् भने उनले परराष्ट्र मन्त्रालय अन्तर्गत विभिन्न तह हुदैँ उपसचिवको जिम्मेवारी सम्हालेका थिए ।

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्