समाचार || विविधा » अन्तर्वार्ता


 

महिला ध्यानपूर्वक काम गर्छन् : प्रकाशचन्द्र दवाडी


July 4, 2013, Thursday


जापान, सिंगापुर, कोरिया,म्यानमार, भारत, बंगलादेश आदि देशमा व्यापार फैलाई आएका अनि देशमा पनि बैंक, वित्तिय संस्था, विद्यालय, अस्पतालजस्ता थुप्रै क्षेत्रमा लगानी गर्न भ्याएका व्यक्तिको जीवन बाल्यकालदेखि नै राम्रो भएको अनुमान गर्ने गरिन्छ । तर कुनै व्यक्तिको जीवन १५ वर्षमैं सडकबाट माथिको अवस्थामा पुग्यो भन्दा पत्यार नलाग्न सक्छ । चलचित्रको दृश्यझैं लाग्ने उल्लेखित जीवन जीउने युवा व्यवसायी हुन्– प्रकाशचन्द्र दवाडी । एसएसलसी पास गरेपछि सुन्दर भविष्य बनाउन गोरखाबाट २०४९ सालमा काठमाडौं आएका दवाडी खर्चको अभावमा १९ दिनसम्म प्रत्येक न एउटा ‘बम’को भरमा गुजारा गरेको क्षणलाई आज पनि सम्झन्छन्– ‘‘एउटा बम खाएर एक दिन टार्थें । अहिले पनि म बिहान उठ्नेवित्तिकै त्यही  बम किन्न जान्छु, पहिले ठुलो थिया,े अहिले सानो भएछ ।’’

प्रकाशले काठमाडौंमा बसेर पढ्ने क्रममा कालो कोट लगाएर अदालतमा न्यायका लागि वहस गर्ने सपना साँचेका थिए । नेविसंघमा रहेर विद्यार्थी राजनीति पनि गर्न भ्याएका प्रकाशको नजिकिंदो संविधानसभाको चुनावमा सहभागी हुने इच्छा छ । जीवनका आरोह–अवरोह, संघर्ष–सफलतालाई नजिकबाट नियालेका प्रकाशसँग यिनै विषयवस्तुमा केन्द्रित रहेर सम्पादक अमिका राजथलाद्वारा गरिएको कुराकानीः


जीवन संघर्ष

तपाई गोरखाबाट काठमाडौं आउँदाका प्रारम्भिक दिनलाई कसरी सम्झनुहुन्छ ?

मेरो जन्म सिमझिङ ४ गोरखामा भएको थियो । हिमालयन माविमा अध्ययन गरेर एसएलसी पास गरें, त्यही दौरानमा दुःख सुखमा काठमाडौं आएँ । यहाँ मैले झेलेका कुराहरु धेरै छन, बिर्सनै पनि सक्दिन बिर्सन पनि बाध्यता छ मलाई । काठमाडौंमा आउने वित्तिकै धेरै संघर्षहरु गर्नुप¥यो । कहाँ के काम पाइन्छ, विजिनेसको स्टाटस भन्दा पनि मैले कसरी जिविकोपार्जन गर्ने त्यो पार्टमा केन्द्रित भएर अगाडि बढ्ने क्रममा धेरै मानिससँग अनुनय विनय गरें । सायद मैले काम नगरेको काम केही पनि छैन होला । एसएलसी पास गरेर पढ्न आएको मान्छेले काम नपाएपछि ईंटा भट्टामा ईटा बोक्ने समेत गरें । कुनै अवस्थामा एयरपोर्टबाट ठमेलमा छिर्ने अवसर पाएँ ।

सुरुमा काठमाडौंमा आउनेवित्तिकै के काम गर्नु्भयो र कसरी पाउनुभयो त्यो काम ?

मैले काम गरेको भन्दा अचम्म लाग्ला । जीवनमा म कति दिन त भोकै बसें । १९ दिनसम्म दिनमा एउटा बम खाएर टारें । त्यो क्षण मेरो कहिल्यै नबिर्सिने क्षण हो । अहिले म त्यही बम विहान उठ्नेवित्तिकै किन्न जान्छु, पहिले ठुलो थियो अहिले सानो भएछ । त्यही खाएर म जीवनमा गुजारा गर्दै गएँ । त्यो पैसा पनि सधैं कहाँ हुन्थ्यो रु एयरपोर्टमा कार्गोको सामान उचाल्ने कुनै एउटा ज्यामी काम, ठेकेदारहरुलाई मैले अनुनय विनय गरेर बस्थें तर रेगुलर काम चाहिँ गरिंन मैले । ठमेलमा छिरेर कुनै एउटा काम गर्ने मेरो इच्छा थियो । लमजुङको मेरो अग्रज दाइले मलाई ठमेलमा इन्ट्री गराइदिनुभयो । त्यहाँबाट मैले काम सिकें ।

ठमेलमा के गर्नुभयो ?

ठमेलमा अहिले म जे काम गरिरहेको छु त्यही गर्थें । साधारणतः पसलमा काम गर्थे । त्यहाँ मैले करिब चार वर्ष काम गरेँ । त्यहाँबाट मैले व्यापार गर्दा सबैसँगको कनेक्सन, शिष्टता जस्ता कुरा सिकें । त्यही दौरानमा एउटा जापानीसँग चिनजान भयो र जापान जाने अवसर मिल्यो । जापान पुगेपछि मलाई के याद आयो भने ‘जापानमा त पैसा टिप्न पाइन्छ रे’ भन्ने यहाँतिर चलन थियो । एयरपोर्टमा गएर मैले हेरें । माथितिर हेर्दा चटक्क छ, सफा छ तर मिहिनेत त गर्नैपर्ने रहेछ । 

व्यवसाय

जापानमा कसरी अगाडि बढ्नुभयो ?

शुरुतिरै जापानमा एउटा जुत्ता किनें, त्यो जुत्ता पसलले नेपालीलाई माया गर्ने रहेछ ।  उनले सुरुमा मलाई के गर्नुहृुन्छ भन्दा म विजिनेस गर्ने इच्छाले नेपालबाट जापान आएकोे हो भनें । मैले लगेको सामान उनले सानो छेउमा ‘डिस्प्ल’े गरे जहाँ अहिले पनि त्यही टाउनमा बेचिरहेको छु । उनले पसलमा मेरो सामानको ठाउँ बढाउँदै लगे । २ महिनामा त्यो सामान लिनै कठिनाइ प¥यो । विक्रि भएको छ, भएको छ । म नेपाल आएँ । नेपाल आएपछि फेरि २ महिनाभित्र १०–१२ लाख पैसा कमाएछु । काठमाडौं आएर सबै सामान लिएर गएँ । अब त्यो पसले साहुले के भन्यो भने तपाईको सामान बिक्ने रहेछ । ‘योर चोइस अल यु क्यान डिल योरसेल्फ’ भन्यो । पसलेले मलाई डिलिङ गर्न दिनुभयो सबै सामान मेरो मात्र राखेको छ । उहाँले अर्को ठाउँमा सिफ्ट गराउनु भयो । त्यो ठाउँ मेरो लागि छोड्नुभयो । त्यसपछि त्यो पसलबाट ६ महिनाभित्र ३ वटा पसल सुरु गर्न सफल भएँ । एक वर्षभित्र १२ वटा पसल सञ्चालनमा ल्याएँ ।

त्यो स्वामित्व त जापानीकै थियो होला नि होइन ?

पहिलो ३ महिना उहाँको भयो । ४ महिना लागेपछि मेरो पसल सुरु भयो । एक वर्षमा मैले त्यो पसल हिरोसिमा, क्योटो, नागायो, ओसाका, चार वटा सहरमा १२ वटा पसल सुरु गरें । सबैमा गार्मेन्ट र हस्तकलाको सामान थियो, त्यसलाई मैले निरन्तरता दिँदै गएँ । नेपालमा जाने आउने सन्दर्भमा अब म सफलकै रुपमा अगाडि परें । नेपालका विभिन्न सामाजिक कामहरुमा पनि रुची जाग्न थाल्यो । तीन वर्षसम्म मैले खुट्टा टेकिसकें । मैले कसरी खुशी हुने भनेर पनि सोच्न थालें र म नेपालका दुई चार ठाउँमा लगानीहरु गर्ने इच्छा जाग्यो । तीन, चार, पाँच, वर्ष हुँदै गए । १५ वर्ष भयो जापान बसेको । १५ वर्षको अन्तरालमा जापानमा पनि धेरै दुःख त भयो । विदेशमा बसेपनि सहायता र इमान्दारिता त चाहिँदो रहेछ र सके सबैको सेवा गरौं नसके बिगार नगरौं भन्ने भावना चाहिँ मैले जापानमा सिकें । 

नेपाल फर्केपछि तपाईले कस्तो विजिनेस गर्नुभयो रु के गर्नुभयो ?

मैले जे सिकेको थिएँ, त्यही । ह्याण्डिक्रया्फट त्यसको एक्सपोर्टिङ छ मेरो । मैले एग्रिकल्चर सुरु गरेको छु चितवनमा । माछा, कुखुरा, बंगुर, हाँस, गाई, बाख्रा, सबै एग्रिकल्चरबाट पार्ट टाइम गर्ने । त्यस्तै मेरो कोओपरेटिभ, हस्पिटल, बैंक सबै ठाउँमा मेरो धेरै थोरै गर्ने अभियानमा छु । र मेरो लक्ष्य भनेको समाजको परिवर्तन हो । 

तपाईले किन शिक्षालाई नै प्राथमिकता दिनुभएको  ?

हो, शिक्षा मेरो राष्ट्रिय अभियान हो । तत्काल मैले आफ्नै स्कुल सुरु गरेको छु । अहिले गोरखाभरि १५० जना विद्यार्थीलाई ११ र १२ कक्षामा निःशुल्क पढाइरहेछु । शिक्षाको कारणले भविष्यमा सच्चा इमान्दार बन्न सक्छन् भन्ने लाग्छ मलाई ।

मैले पढ्दा भएको दुःखले पनि मलाई यो कार्यमा प्रेरित गरेको छ । मैले पढ्दाखेरि  हामी कट्टु लगाएर जाने चलन थियो, पाइन्ट किन्न गाह्रोको कुरा थियो । त्यो क्षणलाई विर्साउने प्रयास हो मेरो । सबै गर्न सक्छु भन्दिन, मेरो भावना मात्र पनि होइन । मैले १२ सम्म गाउँमै पढ्न पाएको भए अझै यो भन्दा बढी प्रगतिमा जान सक्थे कि रु मैले गरेको कामले तल्लो स्तरका मान्छेहरुलाई उत्साह जागोस् भनेर नै मैले यो काम सुरु गरेको हो ।

जुन ठाउँमा पढ्नुभयो, त्यहाँको तत्कालीन अवस्था र अहिलेको अवस्थामा कति परिवर्तन भयो रु त्यस ठाउँको परिवर्तनको लागि तपाईले कस्तो भूमिका निर्वाह गर्नुभयो रु काठमाडौंमा स्कुल खोल्नुभयो, स्कूल खोल्न गोरखालाई ‘प्रायोरिटि’ दिनुपथ्र्यो कि यता ?

म जन्मेको ठाउँ अहिले तुलनात्मक रुपमा ‘भास्ट डिफरेन्ट’ छ । परिकल्पना नै गरेको थिएन मैले । म त १२ वर्ष निरन्तर सामाजिक अभियानमा नै छु । म जन्मेको ठाउँमा आफैले मोटरबाटो पु¥याएको छु । त्यहाँका भवनहरु, विद्यालयमा ‘एसेम्ब्ली’का लागि मञ्च बनाइ दिएकोछु भने विद्यार्थी छात्रबृत्तिको कुरा अघि नै भने । 

कति लगानी गर्नुभयो आफ्नो स्कुलको लागि ?

‘एक्ज्याक्टली’ म लगानी भन्न सक्दिन । यस्तो भन्दा पनि विभिन्न सोचहरु आउलान् । तर १५० जनालाई पढाएर, ८६ वटा आमा समुहको लागि भवन बनाउनेदेखि क्लब बनाएको छु । ढलानकै कोठा बनाइदिएको छु, जस्ताको पाता हाल्न नमिलेर । यस्तो अभियानमा म बढी लागेको भएर काठमाडौंमा पनि उत्साहका साथ स्कुल, कलेज सुरु गरें ।

आमा समूहको लागि भौतिक संरचनाबाहेक अरु के गर्नुृभयो ?

वल्लोपल्लो गाउँमा मैले अहिलेका आमा, महिला दिदीबहिनीहरुलाई मैले सिकेको सीप तपाईहरुलाई सहयोग गर्न तत्पर छु भनेर लागेको छु । त्यहाँ भएका महिलाहरुले उत्पादन गरेका बेसार, कफी, अदुवाको व्यावसायिक प्रवद्र्धन गर्ने काम मैले गरेको छु । गाउँघरमा कृषक कार्यमा बढी दायित्व महिलाको हुन्छ । बाहिर जाने, घर सम्हाल्ने महिला नै हो । महिलालाई बढी केन्द्रित गर्न गाउँस्तरमा कृषि र यस ठाउँमा कसरी अभियान बढाउने भन्ने दौरानमा छु ।

महिलाले गरेका कृषिलाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्न तपाईले सहयोग गर्नुहुन्छ ?

हो, अदुवा, बेसार यो दैनिक खाने चीज हो, लगाउनुस् भनेको छु महिलाहरूलाई । म अरुको भन्दा पाँचदश रुपियाँ बढी दिएर लिइदिन्छु । यो अभियान बोकेर गाउँगाउँमा जाँदैछु । यो मेरो अर्को सामाजिक अभियान हो । 

जापान र अन्य देशमा तपाईको कम्पनीले नेपाली कामदारलाई कत्तिको प्रायोरिटी दिन्छ ?

 भिसाको समस्या नहुने र क्राइटेरियामा मिट हुने नेपालीलाई प्राथमिकता दिएको छु । त्यो हुँदाहुँदै पनि बाध्यता पर्छ कुनै बेलामा । नमिल्ने कानुन विपरित मैले कसैलाई इन्ट्री गराएको छैन । काम गर्ने नेपालीहरु सबै ठाउँमा गरी करिब ७० जना छन् ।

यति धेरै कामका लागि टाइम म्यानेज कसरी गर्नुहुन्छ ?

धेरै म फोनबाट अपडेट हुन्छु । नेटको सिस्टमले पनि सघाएको छ । जापान, कोरिया, बर्मामा मेरो पार्टनर छ, थाइल्याण्डमा एक्लो छु । साथीहरुको विश्वासलाई भगवान् सरह मान्छु । 

गाह्रो परेको पनि अनुभव होला नि ?

धेरै अप्ठ्यारो परेको क्षण पनि छ । नेपालमा ठिकै छ तर जापानमा एकजनाले मलाई नराम्रै ग¥यो । पसलै बन्द गर्ने, सामान–पैसा लिएर गायब हुने । विदेशमा पनि अप्ठेरो पार्ने काम विदेशीले भन्दा बढी नेपालीले नै गरे । अहिलेसम्म त्यो व्यक्तिलाई अप्ठ्यारो परेको छ जापानमा । 

सामाजिक अभियान र राजनीति 

अहिले धेरै समय नेपालमै विताइरहनुभएको छ, राजनीतिमा पनि लाग्ने तयारी छ नि हैन र रु राजनीतितिर कसरी आकर्षित हुनुभयो ?

म जन्मेको ठाउँबाट सुरुवात भएको सामाजिक अभियानमा गाउँगाउँमा गएँ । त्यहाँ मलाई माया गर्ने अभिभावकहरुसँग कुरा गर्दै जाँदा पहिलेका राजनीतिज्ञहरुले गरेका व्यवहारलाई औंल्याउन थाले । मलाई राजनीति गर्ने इच्छा त थिएन । पहिला आफै कसरी खुट्टामा उभिने भन्ने थियो, धन थिएन । जब म त्यो अभियानमा हिंडे, त्यहाँ गाउँका अभिभावकहरुले तपाईले गर्नुपर्ने राजनीति हो, राजनीति भनेको सामाजिक हो । तपाईले राजनीति गरिदिनुभयो भने हाम्रो भविष्य सुनिश्चित हुन्छ कि भन्ने उहाँहरुबाट आवाज आयो ।

सामाजिक अभियानको लागि काम गर्दै जाँदा तपाईको राजनीति गर्ने इन्टेन्सन थिएन होला नि ?

थिएन । गरेको भए १२ वर्षसम्म किन सामाजिक अभियानमा लाग्थे ? म त अहिले पनि मात्र भोटर हुँ । म कुनै राजनीतिक पार्टीको पदमा छैन । मलाई त्यहाँका अभिभावकले माया गर्छन् भने म चुनावमा हिड्छु । सामाजिक काम गर्नुको लक्ष्य भनेको राजनीति गर्ने लक्ष्यका साथ गरेको होइन । १२ वर्षको अन्तरालमा मैले के महसुस गरें भने समाज परिवर्तन गर्न व्यक्तिले मात्रै नसकिने रहेछ । कुनै एउटा खम्बाको रुपमा राजनीतिलाई प्रयोग गरेर सँगसँगै जाँदा सजिलो हुन्छ भनेर राजनीतितिर आकर्षित भएँ । 

कुनै राजनीतिक पार्टीसँग आबद्धता ?

०४६ सालमा नेविसंघमा झुकाव राख्ने विद्यार्थी थिएँ । राजनीति गर्ने इच्छा भएको भए म त्यतिबेलै एक्टिभ हुन्थे होला । तर यत्रो अन्तरालमा म ब्याकअप भएँ । त्यो कारणले म नेपाली कांगे्रसको प्रजातान्त्रिक डेमोक्रेसी धारमा मेरो आस्था र विश्वास छ । म अहिले नेपाली कांगे्रसको एउटा भोटर हुँ । अरु केही होइन ।

संविधानसभाको चुनावमा चाहिँ उम्मेदवारी दिनुुहुन्छ ?

मलाई जनताले र पार्टीले विश्वास दिएमा म त्यसमा पछि हट्ने छैन । उठ्छु भनेर म भन्न चाहँदिनँ ।

 

महिलाप्रतिको दृष्टिकोण

विद्यार्थी आन्दोलनमा पनि लाग्नुभएको नाताले त्यतिबेला र अहिलेको महिला आन्दोलनलाई तपाईले कसरी हेर्नुभएको छ ?

महिलाको मात्र गुनगान गाउनुभन्दा पनि के भन्छु भने महिला अधिकार खोज्छन् तर त्यो अधिकारको सदुपयोग भएको छैन जस्तो लाग्छ । 

कसरी ?

महिलालाई घरबाट बाहिर जान दिंदैनन् श्रीमान्, आमाले । त्यो संस्कृतिलाई परिवर्तन गर्न पनि महिला आफैले अगाडि सर्नुपर्छ । किनभने महिला नै इन्भोल्भ भएको फर्म पनि देख्छु म । गर्नेले गरिरहनुभएको छ । नगर्नेले पनि अधिकार खोज्ने अवस्था छ ।

अधिकारको कुरा छुट्टै भयो, व्यावसायिकताको कुरा महिलाको सवालमा कस्तो देख्नुभएको छ ?

जुनसुकै प्रोफेसनलमा जाउ तर अधिकारकर्मीको रुपमा अधिकार खोज्ने मात्रै बढी भयो । त्यसलाई क्याच गर्ने वेमा कमजोरी भएको हो कि रु भन्ने महसुस गरेको छु । जस्तै डिफेन्स गर्ने महिला पनि धेरै छन्, महिलाको योगदान पनि धेरै छ तर संविधानसभाको चुनावमा पनि ३३ प्रतिशत पु¥याउन गाह्रो होला जस्तो छ । आफ्नो घरमा बसेर आफ्नो जिविकोपार्जन गर्ने महिलालाई पनि उत्साह दिनुपर्छ । नेपालमा महिला अधिकार नभएको होइन तर त्यसलाई क्याच गर्न कम भएको महसुस गरेको छु । कानुनमा अधिकारको कुरा छ तर आफै पिल्सिरहेका छौं । 

अरु केही ?

गाउँमा, मलाई छोरी पठाउँन हुुन्छ कि हुँदैन भनेर सोध्छन् । अनि छोरी जाँदा के हुन्छ भन्ने संस्कृतिमा विकास भैसकेको छैन । बीचमा नराम्रो बाटोबाट जाने साथीहरुलाई सजग गराउनुपर्छ । तालिम लिएर जानुपर्छ । युरोप, अमेरिका, जापान लगायतका देशमा जति महिलालाई अधिकार छ पुरुषलाई कम छ । त्यही भएर ढुक्क भएर जाँदा हुन्छ । नेपालमा भन्दा पनि बढी महिलाको लागि सुरक्षा, सम्मान र सहुलियत छ । गल्फ कन्ट्रिमा जानै नहुने कुरा होइन । जाँदा त्यहाँ के गर्ने त रु जस्तै भारतबाट भागेर जानेलाई रोक्नुपर्छ । यसले धेरैको भविष्य वर्वाद भएको छ । 

(हसना म्यागेजिन)

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्