समाचार || समाज » लेख/फीचर/समीक्षा


 

सीप सिक्दै द्वन्द्वपीडित महिला


July 4, 2013, Thursday

१० बर्षे द्वन्द्वकालका बेला आफ्ना र आफन्त गुमाएका, घाईते भएका , बिस्थापित भएकाहरुका लागि नेपाल सरकारद्धारा सीप कार्यक्रममा डडेल्धुरा जिल्लामा अधिक मात्रामा महिला सहभागिता देखिएको छ । प्रायः जसो चुलो चौको मै सीमित हुने यस जिल्लाका महिलाहरुमा जागरुकता छाउन थालेको पाईएको छ । पहिले पहिले कुनै ठाउँमा कुनै समूहमा आउन डराउने महिलाहरु आजभोलि भने विभिन्न कृयाकलापमा सक्रिय भूमिका निभाउन थालेका छन । जस्तै धेरै ठाउँका महिलाहरु आ–आफ्नो गाउँघरमा जाँड रक्सीबिरुद्धको अभियानमा पनि सकृय रुपमा लागिरहेका छन ।

स्थानिय शान्ति समितिले द्वन्द्वपीडितका लागि सीप कार्यक्रमको सुचना प्रसारण गरे पछि आएका महिला भन्छन्– ‘हामी सिप सिकेर आत्मनिर्भर बन्न चाहान्छौ र जिबिकोपार्जनमा सहजता ल्याउन चाहान्छौं ।’ विभिन्न सीप कार्यक्रमहरु मध्ये  मोबाईल मर्मत, ड्राईभिङ, हाते कडाई, बेमौसमी तरकारी खेती, मिक्स कुक तालिम संचालन भईरहेको छ । सिकारुहरु टाढा टाढा भएका कारण उनीहरुले कोठा भाडामा लिएर बस्दै आएका छन् । पहिले पहिले महिलालाई कुनै तालिम गोष्ठिमा बोलाउनु पर्दा उनीहरु भत्ताको लोभमा आउने गर्दथे तर अब त्यो परम्परा बिस्तारै हट्न थालेको छ । संचालन भईरहेका तालिमहरुमा हातेकढाईमा ४० जना, मिक्स कुकमा १६ जना, मोबाईल मर्मतमा १५ जना, बेमौसमी तरकारी खेतीमा २० जना महिला र ड्राईभिङमा १ जना गरि ९२ जनाले फरक फरक किसिमका सिप सिकिरहेका छन । तालिममा सहभागी एक महिलाले आफ्नो अनुभव सुनाउँदै भनिन्– ‘हामीलाई थाहै थिएन कि घरको काम भन्दा बाहेकका अरु थुप्रै कुराहरु गर्न सक्छौँ तर त्यसो होईन रहेछ । हामी महिलाहरुले सास्ती खेप्नु परेको त हामी अनपढ र अरुमा आश्रित भएका कारण पो रहेछ । अब हामीले बिस्तारै बुझ्न थालेका छौं ।’ उनले अगाडि थपिन्– केही न केही सीप सिकेर त अवश्य आत्मनिर्भर बन्न सक्छौं, हामी आफ्नो लगानी लगाएर भए पनि सीप सिक्न चाहन्छौ । 

सीप कार्यक्रमका जिल्ला संयोजक टेकराज जैसीका अनुसार तालिमपछि महिलाहरूलाई कार्यक्रमको निगरानिमा राखेर ब्यवसाय संचालन गर्न सहयोग गरिनेछ । भने उत्पादित बस्तुहरुको बजार ब्यवस्थापनमा पनि सहयोग गरिनेछ ।  

यस्तै, घरेलु तथा साना उद्योग विकास समिति डडेल्धुराले पनि विभिन्न सीप विकास तालिमहरुमा ६० प्रतिशत भन्दा धेरै महिलाहरुको सहभागिता गराएको छ । २०६९÷७० मा मात्र घरेलु तथा साना उद्योग विकास समितिले ४८ जना महिलाहरुलाई सिलाई कटाई, होजियारि, मोबाईल मर्मत, मम्बत्ति बनाउने जस्ता तालिम दिईसकेको छ । चालु आर्थिक बर्षमा पनि महिला सहभागितालाई विशेष जोड दिईएको र आगामि आर्थिक बर्षमा पनि महिलालाई लक्षित गरि बिभिन्न कार्यक्रमको योजना बनाएको र महिला सहभागिता अझै बढाउने योजना रहेको कुरा हसना म्यागजिनसंगको कुराकानीमा  घरेलु तथा साना उद्योग समितिका कार्यालय प्रमुख माधव सुबेदीले जानकारी दिए ।   

हसना म्यागेजिन, डडेल्धुरा

 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्