नेवा: विशेष || समाचार || साहित्य » समाचार


 

बसन्त महर्जनलाई धर्मादित्य धर्माचार्य पुरस्कार


नेवाः टाइम्स
June 8, 2013, Saturday

ललितपुर,  । लेखक एवं पत्रकार बसन्त महर्जनलाई ‘धर्मादित्य धर्माचार्य पुरस्कार’बाट सम्मानित गरिएको छ । विद्वान एवं समाजसेवी धर्मादित्य धर्माचार्यको एक सय बा¥हौं जन्मजयन्तीका अवसरमा शनिवार आयोजित एक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

नेपालमा बुद्धधर्मको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरी समग्र बुद्ध धर्मको क्षेत्रमा पुनर्जागरण ल्याउने तथा नेपालभाषाका प्रथम पत्रकारका रुपमा चिनिएका धर्मादित्य धर्माचार्यको नाममा ‘मांभाय् पुचः’ नामको संस्थाले यो पुरस्कार स्थापना गरेको हो । यसअघि नेपालभाषा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एघार जना व्यक्तित्व यस पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । नेपालभाषा साहित्यको नियात्रा विधामा निरन्तर कलम चलाउँदै आएबापत लेखक महर्जनलाई यो पुरस्कार प्रदान गर्ने  निर्णय भएको पुचःले जनाएको छ । यसरी नै नेपालभाषा साहित्य तथा नेवार संस्कृतिलाई देश भित्र र देश बाहिर प्रचार प्रसार गर्ने कार्यमा निरन्तरता दिई नेवार जातिको उत्थानमा योगदान दिई आएवापत गणेशराम लाछीलाई धर्मादित्य धर्माचार्य सम्मानबाट सम्मानित गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुलोचना मानन्धरले पुरस्कृत व्यक्तित्व महर्जनलाई दोसल्ला ओढाई पुरस्कार प्रदान गर्नु भएको हो । यसरी नै सम्मानित व्यक्तित्व लाछीलाई पनि दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नु भएको थियो । प्रमुख अतिथी प्राज्ञ मानन्धरले पुरस्कृत व्यक्तित्व महर्जन लामो समयदेखि पत्रकारिता र लेखन तथा अनुसन्धान क्षेत्रमा क्रियाशील रहेको हुँदा उपयुक्त व्यक्तित्व नै पुरस्कृत भएको विचार व्यक्त गर्नु भयो । यसरी नै उहाँले मन्तव्यका क्रममा नेपालभाषाका प्रथम पत्रकार धर्मादित्य धर्माचार्यका बारेमा राष्ट्रव्यापी रुपमा प्रचार हुनु पर्ने कुरामा जोड दिंदै यो दायित्व नेपाल प्रज्ञा प्रतिष्ठानको पनि भएका कारण अब निकट भविष्यमा नै मातृभाषा विभागबाट कार्यक्रमको आयोजना गर्ने प्रतिवद्धता जनाउनु भयो । 

आयोजक संस्था मांभाय् पुचःका अध्यक्ष विजयरत्न शाक्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डा. पुष्पराज राजकर्णिकार, सहप्राध्यापक तुल्सिलाल सिंह, मंगला कारंजित, किरण शाक्यले शुभकामना मन्तव्य दिनु भएको थियो ।  ०००

 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्