समाज » फोटो फीचर


 

शंखधर एक, मुहार अनेक


November 2, 2013, Saturday

नेपालसम्वतका प्रवत्र्तक मानिएका शंखधर साख्वाः नेपालको राष्ट्रिय विभूतिका रुपमा घोषित व्यक्तित्व हुन् । नेपालसम्बतसँग यिनको नाम जोडिए पनि ती श्रोतहरु वंशावली तथा किम्वदन्तीहरुमा नै सीमित थियो । ऐतिहासिक प्रमाणको अभावमा थुप्रै प्रश्नहरु तेर्सिएको र विवादकै विषयवस्तु भइरहेको अवस्थामा अभिलेख नै भेटिएपछि ती प्रश्न वा विवादहरुले निकास पाएको थियो, अर्थात् यिनी पनि ऐतिहासिक नै हुन् भन्ने प्रमाणित भयो ।

शंखधर साख्वाःको मुहार भनी अनेकौं तस्वीरहरु बजारमा पाइन्छन् जसले बेग्लाबेग्लै मुहारहरु प्रस्तुत गर्दछ । यसमा कसैको नियन्त्रण भएको पाइँदैन । जसलाई जस्तो मन लाग्यो त्यस्तै मुहारका चित्रहरु बनाई बजारमा ल्याउने कार्य जारी छ । पशुपतिनाथ मन्दिर परिसरमा अवस्थित एक अज्ञात मूर्तिलाई नै शंखधरको मूर्ति मान्नेहरु पनि पाइन्छन् । उक्त मूर्तिको  अनुहारसँग पनि प्रचलित तस्वीरहरु मिल्दैनन् । त्यही मूर्ति पनि यिनकै हो भन्ने बलियो आधार उपलब्ध छैन ।

आधिकारिक संस्थाहरुले प्रचलनमा ल्याउने तस्वीर तथा मूर्तिहरु नै पनि एक अर्कोसँग मेल खाँदैन र के कति कारणले त्यो नयाँ अनुहारलाई अगाडि सार्नु परेको भनेर जवाफ दिने दायित्व पनि पूरा गर्दैनन् । शंखधरका अनेकौं मुख मुद्राका ती तस्वीर तथा मूर्तिहरु थुप्रै संख्यामा पाइन्छन् र ती अनुहारहरुमध्ये केहीको संकलन यहाँ गरिएको छ ।

तस्वीरः विभिन्न श्रोत / शब्द: बसन्त महर्जन

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्