संस्कृति » लेख/फीचर/समीक्षा


 

नेपालसंवत नेवार जातिको मात्रै संवत होइन


October 1, 2013, Tuesday

डा. बाबुराम भट्टराई 

(तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालसंवत् ११३२ नयाँ वर्षको उपलक्ष्यमा खुल्लामंचमा आयोजित समारोहमा नेपालभाषामा दिनुभएको मन्तव्यकाे नेपाली अनुवाद)

नेपालसंवत ११३२ नयाँ वर्ष राष्ट्रिय समारोह समितिका अध्यक्ष भाजु पद्मरत्न तुलाधर, यहाँ मञ्चमा रहनुभएका सबै अतिथी वर्ग तथा विभिन्न साँस्कृसितक संघसंगठनबाट प्रतिनिधित्व गरी पाल्नु भएका सकल दाजुभाइ, दिदी बहिनी तथा बौद्धिक व्यक्तित्व, पत्रकार साथीहरुका साथै सबै नेपालीहरुलाई नेपाल सरकार, एनेकपा (माओवादी) अनि मेरो व्यक्तिगततर्फबाट नयाँ वर्षको उपलक्ष्यमा हार्दिक भिन्तुना (शुभकामना) का साथै नमस्कार । 

आज नेपालको नयाँ वर्ष नेपाल सम्बत ११३२ को उपलक्ष्यमा प्रमुख अतिथीका रुपमा मलार्ई यहाँ आमन्त्रण गरी यस समारोहमा सहभागी हुने अवसर दिएकोमा आयोजक समितिलार्ई धेरै धेरै धन्यवाद । 

नेपाल विशिष्टता र विविधताले सम्पन्न, सभ्यता र पहिचान भएको एउटा राष्ट्र हो । नेवार पनि उल्लेखनीय सभ्यता र पहिचान भएको जाति हो । नेवार जातिको उच्च चेतना, त्यागपूर्ण संघर्ष र बलिदान नेपालको संघर्ष, आन्दोलन र युद्धको भूमिकामा एउटा उदाहरणीय कुरा रहेको छ । राणा विरोधी आन्दोलन, पंचायत विरुद्धको संघर्ष, र जनयुद्धलाई ठूलो योगदान दिई नेपाललार्ई आज संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म पु-याई शान्ति र संविधानको प्रमुख मार्गमा भई श्रमजीवि र उत्पीडित जनताको हक अधिकारलार्ई सुनिश्चित गर्ने नयाँ संविधान निर्माणको पक्षमा निरन्तर रुपले नेवारहरुले निर्वाह गरिहरको भूमिका नेपालको इतिहासमो एउटा महत्वपूर्ण पक्ष हो । नेपाल संवत राष्ट्रिय सम्वत हुनुपर्छ भनी पंचायती शासनविरुद्ध आन्दोलन गरी हामी सबै नेपालीको आधिकारिक संवत नेपाल संवत हो भन्ने चेनता बुलन्द गरी नेपालभाषा मंकाः खलःलगायत विभिन्न संघसंस्थाहरुले निर्वाह गर्दै आएको भूमिकाले नेवार जातिको संघर्षलार्ई नेपालका राजनीतिक पार्टी र सरकारबाट सम्मान गर्नु पर्छ । 

नेपालसंवत राष्ट्रिय विभूति शंखधर साख्वाःले आरम्भ गर्नु भएपनि यो संवतलार्ई आधिकारिक मान्यता नदिई राखेको अवस्थामा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारले यो संवतलार्ई राष्ट्रिय मान्यता दिने आधिकारिक निर्णय ग-यो । यसपछिका विभिन्न सरकारबाट यो सम्बतलार्ई कार्यान्वयन गर्नु पर्ने हो तर कार्यान्वयनको काम भएन । मेरो नेतृत्वको सरकारले यो विषयलार्ई गंभीरतापूर्वक कार्यान्वन गर्ने लक्ष्यअनुरुप दुई दिनअघि मात्रै शंखधर साख्वाः प्रतिष्ठानको स्थापना, नेपाल संवत र प्रचलनमा रहेका विभिन्न संवतहरुलार्ई व्यवस्थित गरी निश्चित रुपले नेपालसंवतको प्रचलनको सवालमा ठोस नीति बनाउने गरी नेपालका राजनीतिक र जातिय आनदोलनमा सक्रीय भूमिका निर्वाह गर्दै आइरहनु भएका भाजु पद्मरत्न तुलाधरको संयोजनत्वमा कार्यदल गठन, नेपाल संवतलार्ई कार्यान्वयन गर्ने क्रममा सरकारी स्तरबाट प्रकाशन हुने क्यालेण्डरमा नेपाल संबतको तिथि, मिति र मास पनि उल्लेख गर्ने अनि शंखधर साख्वाः कोष स्थापना गर्ने घोषणा सहितको निर्णय भएको कुरा पनि नेपाल सरकारबाट प्रधानमन्त्रीको हैसियतले यही समारोहका दौरान घोषणा गरेको जानकारी गराउँछु । 

नेपाल संवतलार्ई वास्तविक रुपमा कार्यान्वयन गर्न अझै काम गर्नु बाकी नै छ । सबै नेपाली अनि यस सम्वन्धमा राम्रो ज्ञान भएका विशेषज्ञहरुका बीच छलफल गरी अगाडि लैजानु पर्दछ । अनि मात्रै नेपाल संवतलार्ई मान्यत दिनु पर्ने माग राखी गरेको आन्दोलन र संघर्षको मर्म र उद्देश्य पूर्ण हुने हाम्रो प्रतिवद्धता र सुझाव पनि नेपाल संवत ११३२ को उपलक्ष्यमा सम्पन्न यस समारोहमा व्यक्त गर्दछु । 

नेपालसंवत नेवार जातिको मात्रै संवत होइन । यो संवत नेपालको ऐतिहासिक संवत हो । यो कुरामा कसैलाई भ्रम नहोस् । चासो र सरोकार नेवार जातिले राखी यो संवतलार्ई अगाडि ल्याउने पाइला लोकतान्त्रिक आन्दोलनको नै एक रुवरुप हो । यो आन्दोलनलाई निरन्तर रुपले अगाडि लानु पर्दछ  अनि मात्रै यो सम्बत वास्तविक रुपले जनस्तरसम्म व्याप्त भई सबै प्रकारको भ्रम अन्त्य हुन्छ । 

आज नेपाल संवत ११३२, नयाँ वर्षको उपलक्ष्यमा हामीले बुझ्नु पर्ने कुरा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ शान्ति र संविधानको वैचारिक सहमतिअनुसार नयाँ संविधान निर्माणको चरणमा पुगी संघीयता, स्वशासन, राज्य पुनर्संरचना, समानुपातिक निर्वाचन प्रणाली शासकीय स्वरुप, सेना समायोजन विषयलार्ई जति सकिन्छ त्यति चाँडो निष्कर्षमा पु¥याई संविधानको एकीकृत मस्यौदा जनताका बीच लगी छलफल गरी एउटा सकारात्मक निष्कर्षमा पुग्ने अहं भूमिका खेल्न सकल नेवार जातिको व्यक्तित्व र विभिन्न संघसंस्थाहरुलार्ई अनुरोध गर्दछु । 

नेपालका विभिन्न आन्दोलन र संघर्षमा नेवार जातिको गौरवपूर्र्ण भूमिका नेपालको राजनीतिक इतिहासको ठूलो श्रृंखलावद्ध संघर्ष हो । अब सामुन्ने रहेको शान्ति र संविधानको कामलार्ई नेवार जातिका संगठन, संघ संस्थाहरुले छलफलल गरी स्वशासन प्राप्तिका लागि देखाइरहेको प्रतिवद्धता र आन्दोलनले नेवार जातिको एउटा अग्रगामी चेतना र राज्यको नीति निर्माणमा अधिकार प्राप्तीका लागि नेवार जातिको मुख्य माग जातीय स्वायत्तताको अवधारणालार्ई हाम्रो पार्टी र मेरो तर्फबाट पनि पूर्ण प्रतिवद्धता र समर्थन छ । नेपाल र नेपालका उत्पीडित जनताका हितका लागि शान्ति र संविधानको बाटोलार्ई मजबूत हुने गरी नयाँ संविधान निर्मााणको कार्यलार्ई निष्कर्षमा पु¥याई, समृद्ध र श्रमजीवि जनता र उत्पीडित जनताका अधिकार सुनिश्चित गर्नु पर्दछ । नेपाल र भावी सन्ततीको भविष्यलार्ई सुनिश्चित गरी नेपाललार्ई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पु-याउने यो कार्यमा सबै नेपाली जनता अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्न पनि अनुरोध गर्दछु ।  साथै नयाँ वर्ष ११३२ को उपलक्ष्यमा सबै नेपालीलार्ई यही सन्देश अर्पण गर्दछु । 

पुनः एक पल्ट नयाँ वर्षको उपलक्ष्यमा भिन्तुना भिन्तुना भिन्तुना । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्