नेवा: विशेष || समाचार || साहित्य » समाचार


 

महर्जनलाई धर्मादित्य धर्माचार्य पुरस्कार र लाछिलाई सम्मान


नेवाः टाइम्स
May 29, 2013, Wednesday

काठमाडौं, मे २९ । नेवाः टाइम्सका सम्पादक तथा  हसना म्यागेजिनका प्रवन्ध सम्पादक बसन्त महर्जनलाई धर्मादित्य धर्माचार्य पुरस्कारबाट सम्मानित गरिने भएको छ । नेपालभाषा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरुलाई मांभाय् पुचःबाट प्रदान गरिने यो पुरस्कार लेखक महर्जनलाई नेपालभाषामा नियात्रा विधामा निरन्तर कलम चलाउँदै आएबापत दिने निर्णय भएको कुरा पुचःले जनाएको छ । पुचःका अनुसार नेपालभाषामा कम मात्रै लेखिने विधाअन्तर्गत नियात्रा विधा पर्दछ । लेखकले नेपालभाषामा प्रकाशित हुँदै आएको नेपाःसः मा गन्तव्य स्तम्भमा नियात्राका लेखहरु प्रकाशित गर्दै आएका छन् । नेपाली र नेपालभाषामा समान रुपमा कलम चलाउने महर्जनको नियात्रा बाहेक अनुसन्धात्मक लेख तथा पुस्तकहरू पनि प्रकाशित छन् ।

यसै गरी मांभाय् पुचःले सोही अवसरमा गणेशराम लाछिलाई धर्मादित्य धर्माचार्य सम्मानले सम्मानित गर्ने निर्णय गरेको छ । नेपालभाषा साहित्य तथा नेवार संस्कृतिलाई देश भित्र र देश बाहिर प्रचार प्रसार गर्ने कार्यमा निरन्तरता दिई नेवार जातिको उत्थानमा योगदान दिई आएवापत सो सम्मान दिने निर्णय गरिएको हो ।

आउँदो जुन ८ तारिखका दिन एक समारोहका बीच पुरस्कृत व्यक्तित्वलाई पुरस्कार र सम्मानित व्यक्तित्वलाई सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्